काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन्।
सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।
अहिले उनको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएको छ । अस्पताल लगिएसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतलाई उदृत गर्दै परिवारजनले जनाएका छन् ।
केही दिनअघि मात्रै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) पनि दम बढेर नर्भिक अस्पताल भर्ना भएका थिए। लामो समयदेखि दमबाट पीडित वैद्य उपचारपछि भर्खरै मात्र डिस्चार्ज भएर घर फर्किएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
