स्याङ्जा । स्याङ्जाको पुतलीबजार लत्रेपिपल स्थित लत्रेपिपल क्लबको पाचौं साधारण सभा एवं दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजु थापाले आफू नेपाली कांग्रेसको सिपाही भएपनी आफुले सम्पुर्ण युवाहरु जुनसुकै पार्टी बिचार धाराको भएपनी सधै युवाहरु लाई प्रोत्साहन र युवाहरुलाइ जागरुक बनाउन लाग्ने प्रतिबद्वता जनाए ।
युवाहरुलाइ सधै हरपल साथ सहयोग गरिरहने साथै क्लबलाई कसैले राजनीतिक हस्तक्षेप नगरी स्वतन्त्र सामाजिक कार्य गर्ने माध्यम बनाउनुपर्ने उद्घोष गर्दै क्लबका लागि आफ्नो सदैव साथ र सहयोग रहने भन्दै सफलताको शुभकामना दिए ।
यस्तै कार्यक्रममा अध्यक्ष ध्रुव शर्माले क्लब स्थापना देखि हाल सम्मका गतिविधि र क्ल्बले अगाडि सारेका उद्देश्यहरु सहितको आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए।

साथै क्लब स्थापना काल देखि सहयोग गर्ने विभिन्न गाएक पशुपति शर्मा, गायिका सम्झना भन्डारी, बरिष्ठ उद्योगी एवं समाजसेवी पृथ्वी थकाली, बरिष्ठ उद्योगी ब्यबसायी एवं समाजसेवी बाबुराम सुनार लागएत लाई विशेष धन्यवाद ज्ञापन गरेका थिए।
अधिवेशनले क्लबका हालका कोषाध्यक्ष मल्लको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन समेत गरेको छ । क्ल्बको अध्यक्ष शर्माको अध्यक्षतामा तथा सचिव मोती प्रसाद मरासिनीले सन्चालन गरेको कार्यक्रममा बिभिन्न राजनीति, सामाजिक, बौद्धिक बिशिस्ट ब्यक्तिहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
