फेसबुकले नाम परिवर्तन गरेपछि ट्विटरमा यस्तो मजाक !

न्युयोर्क । फेसबुकले कम्पनीको नाम परिवर्तन गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ताले व्यंग्य गर्न थालेका छन् । कम्पनीले नाम परिवर्तन गरेर मेटा राखेपछि ट्विटर प्रयोगकर्ताले मजाक गरेका छन् ।

एक प्रयोगकर्ताले नयाँ नाम लागूऔषध जस्तो लागेको प्रतिकृया दिएका छन् । ‘तपाई मेटामा हुनुहुन्छ भनेर कसैलाई कसरी भन्न सक्नुहुन्छ ? मेटाको आवाज नै लागूऔषध जस्तो छ,’ केयर अवेर अकाउन्टमा फ्रान्सिन जिविट लेख्छन् ।

Advertisement

नयाँ नाम जोकजस्तै सुनिएको केही प्रयोगकर्ताको प्रतिकृया छ । कम्पनीले फेसबुकको नाम रिब्रान्ड गरेको देख्दा आफूलाई दिक्क लागेको उनीहरुको भनाई छ । ‘फेसबुकले किन मेटा नाम राख्यो ? सायद कुनै जोश नभएर होला ?’ मेक्सगफ नामका ट्विटर प्रयोगकर्ता टिप्पणी गर्छन् ।

फेसबुकले नाम परिवर्तनबारे ट्विटरमा गरिएको बहस आफैमा मेटा भएको केहीले व्यंग्य गरेका छन् । जोन रस लेख्छन्, ‘फेसबुकमा पोस्ट गरिएका हरेक बिषय आफैमा मेटा हुन् । ’

इजरायल र प्यालेस्टायनमा हेब्रु समुदायले मेटाको अर्थ मृत भन्ने बुझिन्छ । फेसबुकले नाम परिवर्तन गरेपछि एउटा चिहानको तस्विर सामाजिक सञ्जालमा सेयर गरिएको थियो ।

नाम परिवर्तनप्रति धेरैले असन्तुष्टि देखाएका छन् । एक प्रयोगकर्ताले एनबीए खेलाडी मेटा वल्र्ड पिसको तस्बिर पोस्ट गर्दै अगाडि लेखेका छन्, ‘हामीलाई थाहा भएको मेटा यही हो ।’

म्याट ओस्वाल्ट अगाडि लेख्छन्, ‘मेटा भनेको मैले विद्यालय पढ्दा मलाई असाध्यै मन पर्ने केटीको नाम हो । धेरै समयपछि उनले खोपबिरोधी लिंक पोस्ट गरेको देखे ।’

More News last news
Loading...