दिउँसो २ बजे प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन – २०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

Advertisement

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ। सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ।

More News last news
Loading...