एमाले पोखराको अध्यक्षमा पाँच जना उम्मेदवार, उपसचिवमा २० जनाको उम्मेदवारी

काठमाडौँ । दशौं महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी एमालेको पालिका अधिवेशन पोखरामा बल्ल सुरु भएको छ । सुरुमै सर्वसम्मतिको प्रयास गरे पनि सहमति जुट्न नसकेपछि मनोनयन दर्ता सुरु भएको छ।

महानगरको नेतृत्वका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। हालका अध्यक्ष दीपक पौडेलसहित नेताहरू तेजनारायण अधिकारी, दिलीप न्यौपाने, हरि त्रिपाठी र धनबहादुर नेपालीले मनोनयन दर्ता गराएका हुन्।

Advertisement

यस्तै, उपाध्यक्षमा छ जना र सचिवमा दुई जनाले मनोनयन दर्ता गरेका छन् । मोहन गुरुङ, बैनबहादुर गुरुङ, उमा परियार, राजकुमारी भुजेल, यशोधा भट्टराई र चिरन्जीवी पोख्रेल उपाध्यक्षको प्रतिस्पर्धामा छन् । सचिवमा जीवन आचार्य र गोकर्ण अधिकारी मात्र उम्मेदवार बनेका छन्।

उपसचिवमा भने धेरैको मनोनयन परेको छ । सीमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, खड्कबहादुर विश्वकर्मा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुनले उम्मेदवारी दिएका छन्।

यस्तै, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुभाष ढुंगाना र सीता विकले पनि उपसचिवमा दावी गरेका छन्।

सबै पदाधीकारी एक एक जना तथा उपसचिव दुई जना निर्वाचित हुनेछन् । मनोनयनपछि पनि सर्वसम्मतको प्रयास भइरहेको छ । दिलीप न्यौपाने र दीपक पौडेलबीच अध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले पदाधिकारीमा उम्मेदवारी दिनेमध्ये अधिकांश महानगरका वडा अध्यक्ष छन्।

More News last news
Loading...