एमाले काठमाडौं–ललितपुर महानगर अध्यक्षमा देउला र शाक्य चयन

काठमाडौँ । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन् । एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो ।
 

Advertisement

अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ । काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय छ।

ललितपुर महानगरमा शाक्य, ६ वटै पालिकामा नयाँ नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १०औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन भएकी छन् । गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष भएका छन् ।

बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष बनेका छन् ।

न्युज कारखाना

More News last news
Loading...