लमजुङ केन्द्रबिन्दू भएर भूकम्प, पोखरासहित छिमेकी जिल्लामा कम्पन

काठमाडौँ । गण्डकी प्रदेशमा भूकम्पको धक्का महशुस गरिएको छ ।

सोमबार राति ८ बजेर ३१ मिनेट जाँदा गण्डकी प्रदेशको लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

Advertisement

केन्द्रका अनुसार, उक्त भूकम्पको धक्का लमजुङसहित, कास्की, तनहुँ, गोरखा, चितवन लगायतका छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो। उक्त भूकम्पको धक्का पनि २०७२ सालको गोरखा भूकम्पको पराकप्प हो ।

हालसम्म भूकम्पका कारण कुनै भौतिक र मानवीय क्षति भएका कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यसअघि नेपालमा कार्तिक १ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

More News last news
Loading...