एमसीसी संसदबाट निःशर्त जस्ताको त्यस्तै पारित हुन्छ: प्रधानमन्त्री देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट हुबहु पारित हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् ।

Advertisement

एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने बताउदै प्रधानमन्त्री देउवाले बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको दाबी गरे।

एमसीसी नेपालको हीतमा रहेकोल निः शर्त पास गर्नुपर्नेमा उनले जोड दिए ।

५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन नसकेको उनको भनाइ थियो ।

More News last news
Loading...