पबित्रा पुनको घरमा प्रहरी छड्के, हरिबहादुर सहित ७ जना पक्राउ

काठमाडौं । कुश्मा नगरपालिका ४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा मोदी गाउँपालिका९५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार १ सय ३० रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरु उपर जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसैगरी, गुल्मीमा बुधबार चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छत्रकोट गाउँपालिका–२ भेडुवा बजारका २७ वर्षीय सुमन खनाल र सोही स्थानका ३१ का ३१ वर्षीय हरिबहादुर सार्की पक्राउ रहेका छन् ।

छत्रकोट गाउँपालिका–३ लुम्छा बजारमा रहेको घिमिरे होटल एण्ड लजमा प्रहरीले छापामा मारेर चितुवाको दुई थान चितुवाका छालासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनकाअनुसार लुम्बिनी प्रदेश प्रहरीको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...