जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा वकिल केसीको उम्मेद्वारी घोषणा

काठमाडौँ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आगामी अध्यक्षका लागि म्याग्दीका वकिल केसीले उम्मेद्वारी घोषणा गरेका छन् ।

कार्यबहाक अध्यक्ष समेत रहेका केसीले आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेका हुन्। पोर्चुगलमा आगामी अक्टुबर ३ मा समितिको अधिवेशन गर्ने तयारी छ।

Advertisement

यसका लागि अन्य दुई जनाले अध्यक्षमा इच्छा देखाएपनि म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट घर भएर पोर्चुगलमा व्यवसाय गर्दै आएका केसी भने बलिया उम्मेद्वार हुन्।

पोर्चुगलमा क्षेत्रीय समितिको अध्यक्ष हुँदै पोर्चुगलको उपाध्यक्षसम्म रहेर काम गर्दै आएका उनि अहिले समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् ।

कार्यबाहक रहँदा उदाहरणिय काम गरेका केसीले कुनैपनि हालतमा आफु समितिको अध्यक्ष बन्ने दावी गर्दै आएका छन । प्रवासको राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै चासो राख्ने केसी आगामी कार्यकालका लागि अध्यक्ष बनेर संगठनलाई थप बलियो बनाउने बताएका छन्।

केन्द्रीय राजनीतिसँग नजिक रहेका केसी नेतृत्व पाए सबैको अपनत्व हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन । ‘विपी कोइरालाले भनेजस्तै कांग्रेस लोकतन्त्रको पाठशाला हो।’ केसी भन्छन, ‘जनसम्पर्क समिति पोर्चुगललाई सबैले पाठशालाको रुपमा पाउने बनाउनको लागि युबा र नवअगन्तुक साथीहरुको अधिकतम सहभागिताको लागि अधिवेशनलगत्तै सदस्यता बितरण गर्दै प्रशिक्षण लगायतका कार्यक्रमहरुको ब्यबस्था गर्नेछु।’ केसीले आफुले नेतृत्व पाए पहिले त पार्टीको नीतिगत निर्णयहरुलाई नैतिक समर्थन गर्दै आम मानिसलाई पार्टीको विचारमा आकर्षित गराउने बताएका छन्।

उनि भन्छन्, ‘प्रवासमा रहेका अधिकांश जनसम्पर्क समितिहरु आर्थिक हिसावले निकै कमजोर छन्। यसको श्रीबृद्धि र आर्थिक अवस्था मजवुत बनाउनुपर्छ। जसले गर्दा प्रवासमा मात्रै होइन् स्वदेशमा बस्ने प्रजातन्त्रप्रेमीलाई समेत फाइदा पुग्नेछ।

त्यसैले संगठनलाई आर्थिक हिसावले बलियो बनाउन पहल गर्नेछु । यस्तै, प्रवासमा कांग्रेससँग आस्था राख्नेहरुलाई पनि संगठनमा गोलबद्ध गर्नेछु ।’ उनले गैर आवासीय नेपालीको विद्यमान दोहोरो नागरिकता सम्बन्धी समस्यालाई पार्टी नेतृत्वसँग बसेर छलफल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

‘पोर्चुगलमा धेरै समस्या र विकृती छन, त्यसलाई समाधान गर्नु हाम्रो कर्तव्य र दायित्व हो ।’ उनले भने, ‘साझा समस्याहरुलाई पनि सामाजिक तवरले हल गर्नको लागि अग्रसर भएर लाग्नेछु ।’ गृह जिल्ला म्याग्दी भएका अध्यक्षका दावेदार केसीले पोर्चुगलका विभिन्न स्थानमा बस्दै आएका कांग्रेसका समर्थकहरुलाई आफुलाई जिताउन आग्रह गर्दै सबैको जनसम्पर्क र सबैको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले लोकतन्त्रमा विश्वास राख्ने सबै पोर्चुगलबासीसँग मत माग्दै सबैसँग हातेमालो गर्दै अघि बढ्ने बताउँदै एक पटक काम गर्ने अवसर प्रदान गर्न मतदातासँग अनुरोध गरेका छन्।

More News last news
Loading...