काठमाडौँ । गर्लफ्रेण्डको साथमा एक व्यक्तिले यस्तो काम गरे कि देख्नेहरु दंग परे । ट्रस्ट टेस्ट स्टन्टको क्रममा उनले आफ्नी गर्लफ्रेण्डलाई कारको छतमा बाँधेर सहर घुमाए।
यस क्रममा सयौं मानिसहरुले उनीहरुलाई हेरिरहे। घटना रुसको हो। सामाजिक संजाल इन्फ्लुएन्सर सर्गेइ कोसेन्कोले यस्तो हर्कत गरे कि उनको भिडियो भाइरल भयो।
भिडियोमा सर्गेइ आफ्नी गर्लफ्रेण्डलाई कारको छतमा बाँधेर सहरमा निस्किए । यस क्रममा सर्गेइको एउटा हात हथकडीले गर्लफ्रेण्डको हातसँग बाँधिएको थियो । उनले गर्लफ्रेण्डलाई छतमा डोरी र टेपले बाँधेका थिए।
कार सर्गेइले चलाइरहेका थिए । उनले मस्कोको सडकमा लग्जरी बेन्टली कार दौडाइरहेका थिए । उनले एउटा हात बाहिर निकालेर गर्लफ्रेण्डको हात समातेका थिए।
सर्गेइ र उनकी गर्लफ्रेण्डले आफूहरुले ट्रस्ट टेस्ट गरिराख्ने र यो त्यसैमध्येको एक भएको बताएका छन् । रिपोर्टका अनुसार यो हर्कतको लागि पुलिसले सर्गेइमाथि भारी जरिवाना लगाएको छ।
सामाजिक संजालमा पोस्ट गरिएको भिडियोको आधारमा पुलिसले थप कारवाही अगाडि बढाएको छ । यो भिडियोका कारण सर्गेइको आलोचना भइरहेको छ । ट्रोल भएपछि उनले यसको लागि माफी मागेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
