विश्वभर एकै दिन फैलियो ७ लाख १९ हजारमा कोरोना, १० हजार ८६९ ले ज्यान गुमाए

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ। यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन्।

बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन् । ५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् ।

Advertisement

अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ छ । १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ।

यस्तै, नेपालमा बिहीबार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन्।

More News last news
Loading...