काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजै नयाँ पार्टी दर्ता गर्ने भएको छ।
नयाँ पार्टी आजै दर्ता गर्ने तयारी गरेको नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न पनि टुंगो लगाएको छ।
पार्टीको नाम नेकपा (एमाले समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने निर्णय भएको एक नेताले बताए ।
पार्टीको नाम र चुनाव चिन्ह टुङ्गो लागेसँगै नेपाल पक्ष आजै निर्वाचन आयोग जाने तयारीमा छ।
यसो त एमालेको अध्यक्ष केपी शर्मा ओली समुहले मंगलबार केन्द्रीय कमिटिीको बैठक बसेर वरिष्ठ नेता माधवकुमार नेतासहित १४ जना सांसाद्लाई कारवाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
