जब लागूपदार्थ किन्न आफ्नै आमाले बेचिन ८ जना छोराछोरी

काठमाडौँ । लागूऔषधको लतले मानिसहरुलाई निकै गम्भीर अपराध गर्ने बनाउँछ। लागूऔषधको लतका कारण आफ्नै छोराछोरीलाई बेचिदिने एक आमालाई प्रहरीले पक्राउ गरेको छ।

यी आमाले लागूऔषध किन्नको लागि पैसा जुटाउन आफ्ना १० जनामध्ये ८ जना छोराछोरी बेचिदिएकी थिइन्। ब्राजिलको रियो द जेनेरियो सहरको साओ पेद्रो दा अल्देइयाकी मारिल्जा मेदेइरोस दा कोन्सिकाओलाई पक्राउ गरिएको हो।

Advertisement

उनलाई मंगलबार पक्राउ गरेर हिरासतमा राखिएको छ। स्थानीय मिडिया आउटलेट मेट्रोपोलेसका अनुसार गएको अप्रिलमा उनले आफ्नी डेढ वर्षकी छोरीलाई बेचेपछि पुलिसले उनको यो अपराधबारे जानकारी पाएको थियो।

ती बालिकालाई रागियाओ दोस लागोस क्षेत्रको साक्वारेमा सहरको एक परिवारलाई मात्रै २ सय रियल (४६ सय रुपैयाँ) मा बेचिएको थियो।

पक्राउ परेपछि उनले अधिकारीहरुलाई दिएको बयानमा आफूले यो पैसा ड्रग्सको लागि खर्च गरेको बताएकी छिन्। अधिकारीहरुले उनले प्रयोग गर्ने ड्रग्स नारकोटिक्स अन्तर्गत पर्ने बताएका छन्।

अधिकारीहरुका अनुसार यी महिलाका १० छोराछोरी थिए । तीमध्ये एउटा छोरा मात्र आफ्ना पितासँग बसिरहेका छन्।महिलासँग पनि एउटा मात्र बच्चा छन्। अरु सबै बच्चा हराइरहेकोले महिलाले उनीहरुलाई समेत बेचेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको छ।

बालिकालाई किन्ने ४२ वर्षकी एलिजाङगेला दा सिल्भा पोचेचोलाई पनि बालबालिकाको व्यापार गरेको अभियोगमा मुद्दा चलाइएको छ।

More News last news
Loading...