घाँस काटिरहेकी महिलालाई पछाडिबाट हवाइजहाज आएर ठक्कर दिएपछि…

काठमाडौँ । घाँस काटिरहेकी एक महिलालाई पछाडिबाट हवाइजहाज आएर ठकर दिँदा महिलाको मृत्यु भएको छ।

यी २७ वर्षकी महिलाले दिउँसो करिब १ बजे क्यानडाको मोन्टारियलमा रहेको सेन्ट स्पिरिट एयरफिल्ड नजिकै ट्रेक्टर चलाएर घाँस काटिरहेकी थिइन्। त्यही बेला पछाडिबाट आएको एउटा सानो हवाइजहाजले महिलालाई ठक्कर दियो।

Advertisement

यो एयरफिल्म मोन्टारियल सहरबाट ३५ माइल टाढा छ। यी महिला यो एयरफिल्डको स्याहारसम्भार गर्ने कम्पनीमा काम गर्थिन्।

घटनापछि महिलालाई अस्पताल लगियो जहाँ उनलाई मृत घोषित गरियो। घटनामा पाइलटलाई चोट लागेको छैन तर घटनापछि उनी त्रासमा छन्।

सीएनएनसँग कुरा गर्दै क्युबेक महानगरीय पुलिसका प्रवक्ता मार्क टेसियरले बताएअनुसार अहिलेसम्म प्राप्त जानकारीअनुसार महिला ट्रेक्टरमा बसेर घाँस काटिरहेको थाहा भएको छ।

मार्कका अनुसार यो विमान चीनमा बनेको नेनचेंग सीजे-६ हो। विमानको पखेटाको जुन भाग महिलासँग ठोक्किएको थियो त्यो भागमा क्षति भएको देख्न सकिन्छ।

यो एक निजी विमान थियो र विमान उडाइरहेका पाइलट नै यसका मालिक पनि थिए। ट्रान्सपोर्टेसन सेफ्टी बोर्डका प्रवक्ता साइमन पियरेले सीटिभीसँग कुरा गर्दै अहिले जाँच भइरहेको र पूरै जाँचपछि मात्रै कुनै नतिजामा पुग्न उचित हुने बताए।

More News last news
Loading...