‘नेता हुन आखिर, नत कुनै मान्छे मार्नु पर्ने रहेछ …’

धुब्र शर्मा

नेता हुन आखिर,
नत कुनै मान्छे मार्नु पर्ने रहेछ,
नत बम बारुद पड्काइ टायर बाल्नु पर्ने रहेछ,
नत उत्तर दक्षिण चार्नु पर्ने रहेछ,
नत भोलि भोलि भनी टार्नु पर्ने रहेछ,
नेता हुन आखिर

नेता हुन आखिर,
नत जाल झेल कस्नु पर्ने रहेछ,
नत राजनीति गर्दा कहिल्यै जेल बस्नु पर्ने रहेछ,
नत कसैलाई चिल्लो चाप्लो घस्नु पर्ने रहेछ,
नत कुनै मुद्दा मामिलामै फस्नु पर्ने रहेछ,
नेता हुन आखिर !

Advertisement

नेता हुन आखिर,
नत चुनाव जित्नै पर्ने रहेछ,
नत अरु पार्टीको कार्यकर्ता पिट्नै पर्ने रहेछ,
नत विभिन्न बिचारै नमिल्ने ब्याक्तीहरु एकै ठाउमा फिट्नै पर्ने रहेछ,
नत त फलानो यसो गरिस उसो गरिस भनेर नाम किट्नै पर्ने रहेछ
नेता हुन आखिर !

नेता हुन आखिर,
देशको युवालाई एक ठाउमा जोड्न सक्ने हुनुपर्ने रहेछ
बर्सौ देखिको कुसंस्कारको राजनीतिको जालो तोड्न सक्ने हुनपर्ने रहेछ
समय अनुसार आफुलाइ मोड्न सक्ने हुनपर्ने रहेछ,
पदको लागि राजनीति गर्ने हरुलाइ शिक्षा दिनकै लागि भए पनि भै रहेको पद छोड्न सक्ने हुनपर्ने रहेछ
नेता हुन आखिर !

नेता हुन आखिर,
बाटो छेके पनि अरुले, ढोका थुने पनि आफ्नैले,
आफ्नो घर जान र घर भित्र पस्न सक्ने हुनुपर्ने रहेछ,
जीउँदै होस या मरेपछि पनि नत साम्सद, नत्र मन्त्री, नत प्रधानमन्त्री, नत रास्ट्रपति … सबैको मन भित्र बस्न सक्ने हुनुपर्ने रहेछ
नत साम्सद, नत्र मन्त्री, नत प्रधानमन्त्री, नत रास्ट्रपति … सबैको मन भित्र बस्न सक्ने हुनुपर्ने रहेछ।
नेता हुन आखिर !
हार्दिक श्रद्धाञ्जली उज्ज्वल दाइ !!

(बिबेकशिल साझा पार्टीका सस्थापक अध्यक्ष आदरणीय नेता स्व. उज्ज्वल थापा प्रती समर्पित कविता )

More News last news
Loading...