जब आकाशबाट प्लास्टिकको वर्षा भयो

काठमाडौँ । मानिसले पृथ्वीलाई प्रदूषित बनायो। आकाश बाँकी थियो। तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन्। आकाश पनि मानिसका गतिविधिका कारण प्रदूषित भइसकेको छ।

वैज्ञानिकहरुले अब आकाशबाट पर्ने पानी पनि प्लास्टिकले प्रदूषित भएको बताएका छन्। आकाशको पानी सँगसँगै प्लास्टिक पनि आउन थालेको छ।

Advertisement

जर्नल साइन्स नामक पत्रिकामा प्रकाशित शोध रिपोर्टमा आकाशबाट पानीसँगै प्लास्टिक पनि वर्षिने भनिएको छ। यस शोध अध्ययनका लागि लिइएको ९८ प्रतिशत नमूनामा पानी तथा हावामा प्लाष्टिकको कण पाइएको थियो।

अमेरिकी शोधकर्ताले चौध महिना लगाएर लिएको अधिकांश नमूना प्रदूषित भएको पाइएको थियो। डेली मेलका अनुसार यो एकदमै चिन्ताजनक कुरा भएको तथा हरेक वर्ष एक हजार टन प्लाष्टिकको कण पानीसँगै पृथ्वीमा आउने उल्लेख गरिएको छ।

सामान्य भाषामा भन्दा हरेक वर्ष १.२० करोड प्लाष्टिकका बोतल माइक्रो प्लास्टिकका रूपमा आकाशबाट पृथ्वीमा आउने गरेका छन। सबैभन्दा डरलाग्दो कुरा के भने अमेरिकाको जम्मा ६ प्रतिशत भूभागबाट मात्रै यी नमूना संकलित गरिएका थिए।

पृथ्वीमा रहेको माइक्रो प्लास्टिक वाफ बनेर बादलमा परिणत भइरहेको छ। यस प्रक्रिया ले प्लास्टिक वर्षाको रुपमा पृथ्वीभरी फैलिरहेको छ।

यो यति सुक्ष्म हुन्छ कि यसलाई आँखाले देख्न सकिँदैन। पृथ्वीमा आउने हावा-हुरी-आँधीका कारण यो माथिको वातावरणमा पुग्छ। र कालांतरमा आकाशमा पुगेका यी माइक्रो प्लास्टिकका कण पानीसँगै पृथ्वीमा फर्किन्छन।

आकाशबाट वर्षिने प्लास्टिकका कणले विगतमा भएको ‘एसिड रेन’को स्मृति गराएको छ। केही वर्ष पहिला नर्थ अमेरिका र यूरोपमा ‘एसिड रेन’ भएको थियो।

त्यहाँ रहेका पावर स्टेशनबाट उत्सर्जित हुने सल्फर डाइऑक्साइड और नाइट्रोजन ऑक्साइड का कारण आकाशबाट एसिडको वर्षा भएको थियो।

More News last news
Loading...