अमेरिकी नागरिक फ्लोइडको मृत्युबारे चिकित्सकको विवादास्पद अभिव्यक्ति सार्वजनिक

काठमाडौँ । अमेरिकी नागरिक जर्ज फ्लोइडकी मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले विवादास्पद धारणा सार्वजनिक गरेका छन्।

छयालीस बर्षीय फ्लोइडको गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएका अश्वेत अमेरिकी नागरिकको घटनाले विश्वव्यापी बहस सिर्जना गरेको थियो।

Advertisement

उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भएको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वभर प्रहरी प्रशासनको फरक व्यवहार र रंग भेदलाई लिएर प्रदर्शन भएको थियो।

प्रहरी अधिकारी चोभनका वकिलले फेन्टनायल नामक लागूऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएपनि गतवर्ष सामान्य विवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडकी मृत्यु भएको भन्ने धारणालाई अधिकांश अमेरिकी समाज तथा विश्व समुदायले विश्वास गरेको तथ्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रकाशित समाचारहरूले स्थापित गरेका छन्।

फ्लोइडको हत्या अभियोग लागेका पूर्व प्रहरी अधिकारी डेरेक चोभारमाथि लागेको मुद्दाको सुनुवाइको क्रममा चिकित्सकले अक्सिजनको कमीका कारण उनको मृत्यु भएको बताएका हुन्।

डा मार्टिन टोबिनले फेन्टनायलका कारण नभइ पक्राउ पर्ने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएको बताएपछि यस बिषयले फेरि एक पटक सामाजिक सञ्जालहरुमा उच्च स्थान पाएको छ।

सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातनाको भिडियो प्रशारण गरिएको थियो।

पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन्। सो मुद्दामा अब निरन्तर सुनुवाइ हुने सरकारी अधिकारीहरुले जनाएका छन्।

More News last news
Loading...