ग्रिसमा पत्रकारको ‘गोली’ हानी ‘हत्या’

जिएनएन/युरोप । युरोपियन देश ग्रिसमा पत्रकारलाई शुक्रबार दुई बन्दुखधारीहरुले ‘हत्या’ गरेका छन्।

बन्दुकधारीहरुले ग्रिसको राजधानी एथेन्समा घर नजिकै चर्चित पत्रकार एवमं स्टार टिभीका लागि कानुन, अपराध सम्बन्धी लेख्दै आएका जर्ज करैभाजलाई हत्या गरेको स्थानीय मिडियाहरुले जनाएका छन्।

Advertisement

पत्रकार जर्ज कानुन सम्बन्धी कार्यक्रमहरु चलाएर ग्रिसमा चर्चित पत्रकारहरु मध्ये एक एक रहेको रुटरलाई हवाला दिदै साईप्रस मेलले समाचार बनाएको छ।

पत्रकार जर्जको हत्यामा संलग्नलाई पक्राऊ गर्नका लागि ब्यापक खोजी निति भैरहेको ग्रिस सरकारकी प्रवक्ता अरिस्टोटेलिया पेलोनीले बताएका छन् ।

प्रवक्तका अनुसार कराईवाजलाई शुक्रबार दिउँसो मोटरसाइकलमा दुईजना बन्धुकधारीहरुले एथेन्सको दक्षिणी भागमा रहेको अलिमोसमा आफ्नो घर नजिकै धेरै राउन्ड गोली हानेको जानकारी दिएका छन्।

घटनास्थलबाट १२ वटा बुलेट क्यासिंगहरू संकलन गरिएको नाम नभन्ने सर्तमा एक पुलिस अधिकारीले जानकारी दिएका छन्।

More News last news
Loading...