मध्यरातमा बच्चा बोकेर चिया बेच्ने सृष्टिको रुवाउने कथा, बाँच्नका लागि यो काम थाले 

काठमाडौँ । छोरीलाई पिठ्युमा बोकेर यात्रुलाई चिया बेच्दै आएकी नुवाकोटकी सुष्टि तामाङ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकी छिन्।

सन्तानलाई पिठ्युमा बोकेर उनले बिहान ३ बजे चिया पकाउछिन् र ४ बजेदेखि पुर्व पश्चिम राजमार्ग जाने माईक्रो बसका यात्रीहरुलाई चिया खुवाउछिन्। सन्तानलाई पिठ्युमा बोकेर बाँच्नका निम्ति गरेको उनको संघर्ष सामाजिक सञ्जालभरी भाइरल बनेको छ।

Advertisement

आफू र आफ्नो सन्तानका लागि गरेको सृष्टिको संघर्ष र मेहनतलाई सलाम भन्दै धेरैले सामाजिक सञ्जालमा तारिफ गरेका छन्। ललितपुरको ग्वार्को चोकमा भेटिएकी सृष्टिको तस्वीर केही दिनअघि सामाजिक सञ्जालमा पोष्ट भएको थियो । उनका ती तस्वीर एक जना यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिदिएका थिए।

उक्त तस्वीर खिच्ने व्यक्तिको नाम भने उनलाई थाहा छैन्। तर ती व्यक्तिले भने उनका तस्वीर सार्वजनिक उनीसँग सहमति लिएका थिए। उनले हुन्छ त भनिन् तर व्यस्ताका कारण ती व्यक्तिको नाम भने सोध्न भ्याइनन्।

सामाजिक सञ्जालमा आफ्नो तस्वीर भाइरल भएसँगै आफ्नो कामको धेरैले तारिफ गरेको भन्दै उनले खुसी व्यक्त गरिन्। केही समयअघि नुवाकोटबाट काठमाडौँ आएकी सुष्टि श्रीमानले छोडेर गएपछि यस्तो काम गर्न थालेको बताउँछिन्।

‘श्रीमानले छोडेर गएपछि जीवन चलाउन साह्रै गाह्रो भयो । धेरै समय रोए । तर आफ्नो सानो सन्तानको अनुहार हेरे । धेरै माया लाग्यो । मेरो लागि नभएपनि उनका लागि केही गर्नुपर्छ भन्ने सोचेर चिया बेच्न थाले ।’ उनी भन्छिन्यो, ‘काम गर्दा सुरुमा धेरैले नराम्रो पनि भने । तर कसैको कुरा सुनिन्। आफ्नो काम गर्दै गए। आज धेरैको तारिफ पाएकी छु। खुसी लागेको छ। ‘

More News last news
Loading...