काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तह लगाएरै छाड्ने उद्घोष गरेकी छन् । केही समयअघि राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध आक्रोशित अभिव्यक्ति दिएकै कारण पक्राउ परेर चर्को जनदबाबपछि छुटेकी झाँक्रीले बिहीबार एक टेलिभिजनसँगको अन्तरवार्तामा अध्यक्ष ओलीलाई तह लगाएरै छाड्ने बताएकी हुन् ।
झाँकीले भनेकी छन्, तानासाही ओलीसँग झुक्दैनौँ, सांसद् पद गए जान्छ हामीलाई त्यसको कुनै लोभ छैन । तर अध्यक्ष ओलीले पार्टीको निर्ण मान्नुपर्छ । ओलीलाई पार्टीले अध्यक्ष र प्रधानमन्त्री बनाएको हो । उनले प्रधानमन्त्री र अध्यक्ष पदले पार्टी बनाएको हाइन । यही अवस्थामा अघि बढे हामी तह लगाएरै छाड्छौँ ।
भिडियोमा हेर्नुहोस् झाँक्रिको आक्रोस
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
