काठमाडौं । अमेरिकाले म्यानमारका सैन्य नेतृत्वहरुमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा सैन्य कू गर्ने नेताहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो।
कार्यकारी आदेश अनुसार सैन्य नेतृत्व, उनीहरुका परिवारका सदस्य र उनीहरुसँग जोडिएका व्यवसायलाई निशाना बनाइएको छ।
यसैगरी अमेरिकामा रहेका एक अर्ब अमेरिकी डलर बराबरको सरकारी कोषमा म्यानमार सेनाको पहुँचमा पनि प्रतिबन्ध लगाइएको जनाइएको छ।
प्रजातन्त्रवादी नेतृ आङसाङ सुची लगाएतका नेताहरुको रिहाई र प्रजातन्त्र पुनर्वहालीको माग राख्दै म्यानमारमा लगातार प्रदर्शन भईरहेको समयमा अमेरिकाले सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेको हो।
अमेरिकी राष्ट्रपति बाइडेनले निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण हुनु पर्ने र नेतृ सूचीसहित गिरफ्तार सबै नेताहरु रिहा गरिनु पर्ने बताउँदै आएका छन् ।
आवश्यक परेमा थप कदम पनि चाल्ने बताउँदै बाइडेनले प्रजातन्त्रका लागि प्रदर्शनमा सहभागिहरुमाथि हुने कुनै पनि प्रकारको हिंसा वा ज्यादती स्वीकार्य नरहेको चेतावनी दिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
