जिएनएन/अमेरिका । अमेरिकी ४६ औ राष्ट्रपति जो बाइडेनले सपथग्रहण लिएको केही घण्टामै आफूले प्रतिबद्धता गरेको कुरा पुर्याएका छन् । उनले व्हाइटहाउसको ओभल कार्यालयमा बसी आजै १५ वटा कार्यकारी आदेश जारी गरेका छन् ।
उनले ट्रम्पले जारी गरेका र प्रतिबन्ध गरेका कार्यकारी आदेशलाई उल्ट्याइ दिएका छन् । उनका कार्यकारी आदेशहरु कोभिड–१९ ,युएस मेक्सिको पर्खाल, विश्व स्वास्थ्य संगठन प्रवेश, संघीय कार्यालयमा मुखावरण लगाउने, अमेरिकनहरुलाई राहत सहयोग, वातावरण, मानव अधिकार, जनगणना, आप्रवासन, मुस्लिन प्रतिबन्ध लगायत गरि १५ वटा रहेका छन् ।
उनले ओभल कार्यालयमा आफ्नो पहिलो उपस्थितिको समयमा “साहसिक” कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेको पत्रकारहरुलाई बताए ।
“आज सुरु गर्न जस्तो समय छैन,” बाइडेनले पत्रकारलाई भने। उनले यी कार्यहरू अमेरिकी जनताप्रति गरेका आफ्ना प्रतिज्ञाहरू पालन गर्नका लागि गरेको बताए ।
बाइडेनले अगाडी भने, “हामीलाई धेरै चीजहरूका लागि कानून चाहिन्छ। बाईडेनको प्रस्तावमा १ करोड १० लाख असुचिकृत आप्रवासीलाई नागरिकताको अवसरसम्म दिने प्रस्ताव रहेको थियो । असुचिकृत आप्रवासीले ५ वर्षमा स्थायी आवासीय पत्र (ग्रिन कार्ड) र त्यसको ३ वर्षमा अमेरिकी नागरिकता दिईने कुरा समेटिएको छ।
३० लाख असुचिकृत आप्रवासीलाई नागरिकता दिएपछिको ठुलो प्रस्ताव
१ करोड १० लाख आप्रवासीलाई नागरिकतासम्मको सुविधा दिने बाईडेनको प्रस्ताव पारित भएमा अमेरिकी ईतिहासमा यो ठूलो काम हुने र “यो सन् १९८६ मा राष्ट्रपति रेगनको आप्रवासन सुधारपछिको जस्तो ठूलो काम हुनेछ । उक्त समयमा ३० लाख असुचिकृत आप्रवासीलाई सुचिकृत गर्दै नागरिकताको सुविधा दिईएको थियो ।
आप्रवासन सुधारको बृहत र्कायक्रम कांग्रेसबाट पारित हुन त्यत्ति सजिलो भने छैन । केही काँग्रेस सदस्यहरुले बाईडेनलाई सावधानीपूर्ण कदम चाल्न सुझाव दिएका छन्।
ओबामा शासनकालमा सुरु भएको बाल्यकालमा अमेरिका आएका आप्रवासी लक्षित डाका कार्यक्रम पुर्नस्थापित गर्न चाहन्छन । ट्रम्प सरकारले उक्त सुविधा अन्त्य गर्न चाहेको थियो तर सर्वोचच अदालतले २०२० को जुनमा सरकारको कदममा अवरोध गरेको थियो । डाका अन्तर्गत ७ लाख आप्रवासी अमेरिकामा रहेको विश्वास गरिन्छ ।
श्रोत : सिबिएस न्युजरसिएनएन
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
