अमेरिका हाम्रो शत्रु हो, जोसुकै सत्तामा आएपनि फरक पर्दैनः किम जोङ

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका आफ्नो प्रमुख शत्रु रहेको बताएका छन्।

‘हाम्रो वैदेशिक राजनीतिक गतिविधि हाम्रो प्रमुख शक्ती र हामूो विकासको अवरोधक अमेरिकालाई रोक्नेगरी केन्द्रीत र निर्देशित हुनुपर्छ,’ किमलाई उद्धृत गर्दै राज्य नियन्त्रित समाचार एजेन्सी केसीएनएले जनाएको छ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिन दुई साता पनि बाँकी नरहेको अवस्थामा किमको अभिव्यक्ति सार्वजनिक भएको हो । यसबारे अमेरिकी विदेश विभागले कुनै टिप्पणी गरेको छैन।

बाइडेनको अभियानका प्रवक्ताले पनि टिप्प्णी गर्न अस्विकार गरेका छन्।

ट्रम्प प्रशासनसँग किमको सम्बन्ध अस्थिर रह्यो। किम र ट्रम्प दुबैले सुरुमा एक अर्कालाई धम्की दिँदै गाली गरे । त्यसपछि उनीहरु शिखर वार्तामा बसे।

उत्तर कोरियाको निसस्त्रीकरण गर्ने भन्दै किम र ट्रम्पबीच तीनवटा बैठक भए, तर कुनै ठोस प्रगति भएन।

भियतनामको हानोईमा भएको वार्ताका क्रममा उत्तर कोरियाले आफूमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेको थियो। तर त्यसको बदलामा उसले के गर्ने भन्ने विषय स्पष्ट थिएन।

More News last news
Loading...