कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा

काठमाडौँ । कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गरेका छन् । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने अनुमान गरिएको छ ।

Advertisement

लकडाउन अवधिभर अति आवश्यक नपरि घरबाट बाहिर निस्कन पाइने छैन । देशवासीको नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसको नयाँ लहर अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताएका छन् ।

दैनिक अभ्यास गर्न, अस्पताल जान, औषधि किन्न, घरेलु हिंसाविरुद्ध उजुरी दिनलगायत अति आवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उनको भनाइ छ।

बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन्।

बेलायतसहित अरु थुप्रै देशहरुमा अहिले कोरोनाको नयाँ प्रकारको सङ्क्रमण देखा पर्न थालिसकेको छ । लकडाउन घोषणा भए पनि आजदेखि स्कुल, कलेज र विश्वविद्यालय खुलेका छन्।

More News last news
Loading...