काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित भएका छन् ।
अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सही मार्गदर्शन दिन महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले आज क्षेत्रीलाई सम्मान गरेको हो।
कोरियाको न्याय मन्त्रालयमा सम्मानित हुने क्षेत्री सम्भवतः पहिलो नेपाली हुन् । सम्मानित भएपछि प्रतिक्रिया दिँदै क्षेत्रीले कोरियाको दुई दशक लामो बसाईमा एकपछि अर्को सम्मान पाउनु आफू र नेपालीका लागि पनि गौरवको विषय भएको बताए।
कानुन मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर क्षेत्रीलाई बधाई र असल कोरियन समाज निर्माणमा सहकार्यको अपेक्षा प्रकट गरे । नेपाली व्यावसायी क्षेत्रीको यो सम्मान कोरियन सरकारबाट पहिलो पटक भने होइन्।
दुइ वर्ष अघि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो भने सन् २ हजार १३ मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
