कोरोनाको मृत्युदरमा फेरि नयाँ रेकर्ड, एकैदिन १२ हजार संक्रमितको मृत्यु

काठमाडौँ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दैनिकजसो नयाँ रेकर्ड कायम हुन थालेको छ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार संक्रमितको मृत्यु भएको छ। एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो।

Advertisement

यसअघि बुधबार (१० मंसिरमा) ११ हजार ७३३ संक्रमितको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ।

यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख २५ हजार ८४६ जनाको मृत्यु भएको छ।

दोस्रो लहरको संक्रमण तिब्र गतिमा फैलिएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४६९ जनाको मृत्यु भएको छ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५६ हजारभन्दा बढीको मृत्यु भएको छ।

More News last news
Loading...