हँगेरीका विदेशमन्त्रीको टोली बुधबार नेपाल आउँदै

काठमाडौं । हंगेरीका विदेश तथा वाणिज्य मन्त्री पिटर सिजारतो नेतृत्वको १२ सदस्यीय टोली बुधबार नेपाल आउने भएको छ।

विशेष विमानमार्फत टोली थाइल्याण्डबाट बुधबार साँझ नेपाल आउने भएको हो।

Advertisement

टोलीले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग भेटवार्ता गर्ने जनाइएको छ।

चीनसँगको सम्बन्धबाट यूरोप नै अलग हुन लागिरहेको तथा कोरोना महामारी बढिरहेका बेला परीक्षण नै नभएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन चीनसँग किन्ने सम्झौता गरिसकेको हँगेरीको टोली नेपाल आउनुलाई रहस्यपूर्ण मानिएको छ।

नेपाल आउन लागेको टोलीले कम्बोडियाको पनि भ्रमण गरेको थियो।

More News last news
Loading...