इस्तानबुल । टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। करिब १ सय २० जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ।
अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का ग्रिसको एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो।
भूकम्पको धक्का बुल्गेरियामा पनि महसुस गरिएको छ । भूकम्पका कारण सुनामी पनि आइसकेको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् १९९९ मा टर्कीको उत्तरपश्चिमी भूभागमा ७.४ म्याग्नेच्युडको भूकम्प जाँदा १७ हजार मानिसको मृत्यु भएको थियो।
यस्तै सन् २०११ मा भानको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प जाँदा ६ सय भन्दा बढीको मृत्यु भएको थियो।
ग्रिसमा भने पछिल्लो समय सन् २०१७ को जुलाईमा सामोस नजिक कोस द्वीपमा शक्तिशाली भूकम्प जाँदा २ जनाको मृत्यु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
