नयाँ दिल्ली, भारत । भारतीय जनता पार्टी (भाजपा) बुथ उपाध्यक्ष मदन गोडाइको प्रहरी हिरासतमा मृत्यु भएको भाजपा पश्चिम बङ्गाल एकाईले शुक्रबार जनाएको छ।
भाजपाको क्षेत्रीय सङ्गठनले गोडाइलाई हिरासतमा प्रहरीले निर्मम यातना दिएको र यसै कारण मृत्यु भएको जनाएको छ।
भाजपा पश्चिम बङ्गाल एकाईले गोडाइलाई भुट्टा मुद्दामा घरबाट सुरक्षा नियन्त्रणमा लिएको र उनलाई प्रहरी हिरासतमा निर्मम यातना दिएको भाजपा पश्चिम बङ्गालले गरेको ट्वीटमा उल्लेख छ।
भाजपाको क्षेत्रीय सङ्गठनले भनेको छ, “यो हिरासतमा प्रहरीको कुटाईबाट मृत्यु भएको प्रष्ट घटना हो। हामी मदन गोडाईको न्यायको लागि माग गर्दछौँ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
