पाकिस्तानले टिकटकमाथि लगायो प्रतिबन्ध

इस्लामाबाद । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ।

‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ।

Advertisement

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण (पीटीए) ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ।

टिकटकले ‘अश्लील’ र ‘अनैतिक’ सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता जनाए मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने पनि पीटीएले जनाएको छ।

यसबारेमा समाचार एजेन्सी रोयटर्ससँग प्रतिक्रिया दिँदै टिकटकले ‘जहाँ यो एप प्रयोग भइरहेको छ, त्यहाँको कानुन पालना गर्न कम्पनी प्रतिबद्ध’ रहेको बताएको छ। उसले यसबारेमा पीटीएसँग लगातार कुरा भइरहेको पनि बताएको छ।

पीटीएका अनुसार पाकिस्तानमा प्रतिमहिना टिकटकका २ करोड सक्रिय प्रयोगकर्ता रहेका छन्। पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पाकिस्तानमा ह्वाट्सएप र फेसबुकपछि टिकटक एप सबैभन्दा बढी डाउनलोड भएको छ।

More News last news
Loading...