काठमाडौँ । इराकको कुर्दिस्तानमा एक नेपाली युवाको मृत्यु भएको छ ।
वैदेशिक रोजगारका लागि ३ वर्षअघि इराक पुगेका मकवानपुरका ३६ वर्षीय दीपक कुमार लामाको आइतबार उपचारको क्रममा अस्पतालमा निधन भएको त्याहाँ रहेका नेपालीहरुले जनाएका छन् ।
लामाको विगत ६ महिनादेखि दुवै मृगौला फेल भएका थिए।
डाइलोसिस गर्दै गर्दा गम्भीर अवस्थामा पुगेपछि उनलाई सकारी अस्पतालमा रिफर गरिएको थियो । सरकारी अस्पातल पुर्याइएको केही दिनमै उनलाई अस्पतालले मृत घोषणा गरेको हो।
लकडाउनको बेलामा बिरामी परेपछि उनी नेपाल फर्किन सकेका थिएनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
