बेरुतको शक्तिशाली विष्फोटपछि लेवनानको सरकार ढल्यो

एजेन्सी । बेरुतमा भएको शक्तिशाली विष्फोटपछि लेवनानको सरकार ढलेको छ। सोमबार प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुले राजीनामा दिएका छन्। गत मंगलबार भएको शक्तिशाली विष्फोटपछि सरकारविरुद्ध प्रदर्शनहरु समेत भएका थिए।

शक्तिशाली विष्फोटपछि परिस्थिति थप असहज हुँदै गएको थियो । त्यही बीचमा  प्रधानमन्त्री हसन दीव लगायत पुरै क्याविनेट सदस्यले सोमबार राजीनामा दिएका हुन् । प्रधानमन्त्री हसनले सोमबार राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिएको घोषणा गरेका थिए । प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘हामी यो त्रासदीपूर्ण अवस्थामा जनताका लागि आफ्नो उत्तरदायित्व, जवाफदेही बन्दै जनताको वास्तविक परिवर्तनको चाहनाको कदर गर्न चाहान्छौं।’

Advertisement

राजीनामा पछि अब संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । पछिल्लो हप्ता मंगलबार राजधानी बेरुतमा शक्तिशाली विष्फोट हुँदा २२० जनाको मृत्यु भएको थियो भने ११० जनाभन्दा बढी अझै बेपत्ता रहेका छन्। उक्त विष्फोटमा ६ हजारभन्दा बढी घाइते भएका थिए । यो विष्फोटपछि लेबनानमा आर्थिक संकट गहिरिएको छ भने शहरमा प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरुले सरकारसँग शहरको मध्यभागमा विष्फोटक पदार्थ राख्नुको कारणबारे जवाफ मागिरहेका छन्। हज्जारौं मानिसहरु बेरुतको सडकमा प्रदर्शन गरिरहेका छन्।

प्रधानमन्त्री हसनले विष्फोट हुनुको मुख्य कारण विगत ६ वर्षदेखि बेरुत बन्दगाहमा भण्डारण गरिएको अमोनियम नाइट्रेट रहेको प्रस्ट पारेका थिए। बन्दगाहमा रहेको सो गोदाममा २७५० टन अमोनिय नाइट्रेट भण्डारण गरिएको थियो, जसमा आगो लाग्दा शक्तिशाली विष्फोट भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । यो विष्फोटपछि बेरुतमा कम्तिमा ३ अर्ब डलरको नोक्सान भएको जनाइएको छ।

More News last news
Loading...