कोरोना केयर सेन्टरको रुपमा प्रयोग हुँदै आएको होटलमा आगलागी, सात जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस नामको एक होटलमाा अगलागी भएको छ। कोभिड संक्रमितहरुलाई राख्नका लागि एक नीजि अस्पतालले यो होटलको प्रयोग केयर सेन्टरको रुपमा गर्दै आएको थियो।

आन्ध्र प्रदेशको गृहराज्य मन्त्री मेकाथोटी सुचरिताले आगो बिजुलीको तार सर्ट भएका कारण लागेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

Advertisement

यस्तै आन्ध्र प्रदेश सरकारका सल्लाहकार एस राजीव कृष्णाले ट्वीट गर्दै मुख्यमन्त्रीले दुर्घटनामा प्रभावित व्यक्तिहरुको उपचारका लागि उनीहरुको मद्दत गर्ने आश्वासन दिएको जानकारी दिए।

विजयवाडा प्रहरी कमिश्नरले दुर्घटनामा हालसम्म सातजनाको मृत्यु भएको जानकारी दिएका छन्। विजयवाडा प्रहरी विभागले आगलागीका बेला होटलमा करिब ५० जना रहेको बताएको छ।

आगोबाट बच्नका लागि चारजना अस्पताल भवनबाट हाम फालेको बताइएको छ । यद्यपि, यी चारजनाको अहिलेसम्म पनि जानकारी पाउन सकिएको छैन। बीबीसीकाअनुसार घाइतेलाई नजिकैको रमेश अस्पताल लगिाएको छ।

केही दिन अघि रमेश अस्पतालले नै कोरोना संक्रमितको उपचारका लागि होटललाई भाडामा लिएको थियो। आन्ध्र प्रदेश सरकारले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ।

More News last news
Loading...