प्रेमीको वर्बरता, युवतीको शव देखेर उड्यो डाक्टरको होस्

लखनऊ । भारतको लखनउस्थित कृष्णनगरमा मृत फेला परेका प्रेमी राहुल र प्रेमिका नैंसीको पोस्टमार्टम रिपोर्ट आएको छ। रिपोर्टका अनुसार प्रेमिकाको हत्या घाँटी थिचेर गरिएको पुष्टि भएको छ।

यति मात्रै हैन् ती प्रेमिले आफ्नी प्रेमिकालाई त्यती सजिलो मृत्यु दिएन्। उनले प्रेमिकामाथि चरम यातना दिएको पनि रिपोर्टमा देखिएको छ। हत्या गर्नुअघि प्रेमीले प्रेमिकालाई बेल्टै बेल्टले कुटपिट गरेको र काँटा चम्चा शरीरमा रोपेको रिपोर्टले देखाएको छ।

Advertisement

प्रेमिकाको निर्ममतापूर्वक हत्या गरेर प्रेमीले पनि आत्महत्या गरेका थिए। युवतीको शरीरमा साना ठूला गरी ८० भन्दा बढी चोटका निशान थिए। जसमध्ये घाँटीमा ३०देखि ४० वटा चोटका निशान थिए। त्यसरी पनि युवतीको मृत्यु नभएपछि प्रेमिले झुण्डाएर हत्या गरेको रिपोर्टले खुलासा गरेको प्रहरी अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रिसको झोकमा प्रेमिले युवतीको टाउँको भित्तामा पनि ठोकिदिएका थिए। शरीरभर काँटा चम्चा रोपेका चोटै चोट थिए। युवतीको शव देखेर डाक्टरको पनि होस् उडेको थियो। लखनऊको कृष्णानगर थाना क्षेत्रस्थित होटल मोमेन्ट भन्ने स्थानमा प्रेमी प्रेमिकाको शव फेला परेको थियो।

More News last news
Loading...