कोरोनाबाट भारतमा पूर्वमन्त्रीको निधन

काठमाडौँ । कोरोनाका कारण भारतको मार्क्सवादी पार्टी (सीपीएम) का वरिष्ठ नेता एवं पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको निधन भएको छ।

उनको कोलकातास्थित एक अस्पतालमा ७६ वर्षीय बिहीबार निधन भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि गत जुलाई ३० तारिखमा उनलाई अस्पताल भर्ना गरिएको थियो। तर स्वास्थ्यमा कुनै सुधार भएन र अन्नतः बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

Advertisement

पश्चिम बंगालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी दोस्रो ठूलो नेता हुन्। यसअघि कोरोना संक्रमणबाटै तृणमूल कांग्रेसका विधायक तमोनास घोषको निधन भएको थियो। चक्रवर्ती सन् १९८२ देखि १९९६ सम्म पश्चिम बंगाल राज्यमा यातायात मन्त्री थिए।

More News last news
Loading...