भारतमा कोरोनाभाइरस महामारी झन् जटिल बन्दै गएको बेला भारतीय सत्तारुढ दलका नेताहरुले एकपछि अर्को गलत र झुटा प्रचारवाजी गर्न थालेका छन्।
भारतीय जनता पार्टीकी नेतृ तथा सांसद प्रज्ञा ठाकुरले हालै जनतालाई हनुमान चालिसा पढेर प्रार्थना गर्न आग्रह गरेकी छन्। उनले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी हुन् । जसले गर्दा कोरोना महामारी अन्त्य हुने उनको जिकिर छ । ‘कोरोनाभाइरस महामारीबाट विश्वलाई छुटकारा’ भन्दै प्रार्थना गर्न पनि उनले आग्रह गरेकी छन्।
‘आउनूस्, हामी सबै मिलेर जनताको सुस्वास्थ्य र कोरोनाभाइरस अन्त्यका लागि हनुमान चालिसा पाँच पटक पढ्दै आध्यात्मिक पहल गरौँ,’ सांसद ठाकुरले भनेकी छन् । भुपालकी सांसद ठाकुरले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी हुन् । अगस्ट ५ अर्थात्, अयोध्यामा राम मन्दिर निर्माणको उद्घाटन गर्ने दिनसम्म यस्तो प्रार्थना गर्नाले महामारी अन्त्य हुने उनको जिकिर छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
