एजेन्सी । वैज्ञानिकहरुले नेपालमा २०७२ सालको भन्दा अझ भयानक भूकम्प आउने सक्ने पूर्वानुमान गरेका छन् । युनिभर्सिटी अफ अल्बर्टका वैज्ञनिकहरुले नेपालमा पेट्रोल खानी खोज्ने क्रममा जमिन मुनि नयाँ आवाज सुनिएको दाबी गरेका छन्। जमिनको भित्री तहमा आइरहेको निरन्तरको परिवर्तनसँगै वैज्ञानिकहरुले नेपालमा ठूलो भूकम्प जाने पत्ता लगाएका हुन्।
भूकम्प जाँदा अब नेपालको दक्षिण–पश्चिम क्षेत्रमा सबैभन्दा बढी क्षति पुग्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको इन्डिया टाइम्सको खबर अनुसार नेपालमा आउने भूकम्प भारतको गंगा नदीको बहाव क्षेत्रको तल आएको परिवर्तन नै मूख्य जिम्मेवार छ ।
युनिभर्सिटी अफ अल्बर्टका वैज्ञानिक माइक डुवाल र उनको टीमले नेपाल र हिमाली जमिनको तल आएको परिवर्त रेकर्ड गराएको बताएका छन् । यो परिवर्तित ध्वनी आवधिक जमिनको तल रहेको छ ।
माइक डुवालको टिमले नेपालको जमिन मुनिको लेयरको अध्ययन गरेका थिए । उनीहरुले पत्ता लगाए की पहाडी जमिनदेखि गंगाको बहाव क्षेत्रको तलसम्म पुगेको लेयर जोडिएको छ । गंगाको तल रहेको जमिनबाट लगातार आवाज आइरहेको छ र गंगाको तल बढी हलचल भइरहेको छ । जसको सिधा असर नेपालमा पर्ने छ ।
माइकले बताए अनुसार हिमालयको तल रहेको जमिनको लेयर्स निकै ठुलो झ्याङ्गिएको छ । यो जमिनको लेयर्स कत्रो छ भनेर भन्न सक्ने अवस्था छैन। यो निकै ठुलो छ । यसले गर्दा अहिले कुन क्षेत्र हल्लिन्छ र कुन हल्लिँदैन भन्न मुस्किल छ । यो पत्ता लगाउन कठिन छ ।
अहिले भर्खरै नेपालमा कुनै ठुलो भूकम्प आएको छैन । २०७२ साल (२०१५) को भूकम्पलाई छोड्ने हो भने नेपालमा एक सताब्दिमै कुनै ठुलो भूकम्प आएको छैन । तर जमिनको तल लगातार हलचलका रेकर्डहरु भने भइरहेका छन् ।
यसैले यो सम्भावना छ कि नेपालमा कुनै दिन ठुलो भूकम्प जान सक्छ । जो निकै भयावह हुनसक्छ ।
यहि वैज्ञानिक टिमका जोन वल्ड्रन भन्नछन्, सामान्य रुपमा एक हजार वर्षमा जमिनको तल्लो पत्रमा रहेका प्लेटहरुबीच एक आपसमा टोक्किने गर्दछन् र यस्तो अवस्थामा जमिन हल्लिने गर्दछ । नेपालको जमिनको तल पनि एउटा यस्तो प्लेट छ यो कुनैपनि बेला हल्लिन सक्छ । यसका कारण जमिनमा ठूलो भूकम्प जानसक्छ ।
जोनका अनुसार नेपाल जुन ठाउँमा अवस्थित छ त्यहाँको जमिनमुनिबाट हिमालयन प्लेट्स र फल्ट्स सुरु हुन्छन् । भारतीय टेक्टोनिक प्लेट्स र फल्ट्स लगातार हिमालयतर्फ सरिरहेका छन् । यो दबाबका कारण गंगाको बहाव क्षेत्रको तलको जमिनबाट आवाज आइरहेका छन् । यी आवाजले यहाँ जमिन हल्लिन सक्ने वैज्ञानिकले बताइरहेका छन् ।
नेपाल भारत सीमा क्षेत्र र नेपालको दक्षिण पश्चिमी क्षेत्र बाक्लो जनसंख्या भएको क्षेत्र हो । यदि भूकम्प आएको खण्डमा यहाँ ठूलो क्षति हुने पूर्वानुमान गरिएको छ। यो भूकम्प २०७२ को भन्दा शक्तिशाली हुन सक्ने समेत वैज्ञानिकले चेतावनी दिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
