काठमाडौँ । कोरोना भाइरसको महामारीबाट पूरै विश्व आक्रान्त बनेको छ। कोरोना भाइरसबाट छुटकारा पाउनका लागि वैज्ञानिकले हरेक किसिमका उपायका बारेमा खोजी गरिरहेका छन्।
यसै क्रममा वैज्ञानिकले हावामै कोरोना भाइरसलाई नष्ट गर्न सक्ने एयर फिल्टर बनाएरको दाबी गरेका छन्। उक्त फिल्टरका माध्यमबाट बन्द स्थान जस्तै, स्कूल, कलेज, अस्पताल र विमानस्थलमा कोरोना भाइरस फैलिनबाट रोक्न सकिने वैज्ञानिकको दाबी छ।
वैज्ञानिकका अनुसार यस फिल्टरबाट भाइरसलाई एक निश्चित र बन्द स्थानमै नष्ट गर्न सकिन्छ।
शोख जर्नल म्याटेरियल्ड टुडे फिजिक्समा प्रकाशित रिर्पोटका अनुसार यस एयर फिल्टरबाट प्रवाह भइरहेको हावामा एक पटक ९९.८ प्रतिशत कोरोना भाइरस समाप्त गर्न सक्ने क्षमता हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
