भारतपछि अमेरिकाले पनि टिकटक एपमाथि प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । भारतले केही समय अघि टिकटकसहित अन्य चिनियाँ एपमा प्रतिबन्द लगाएको थियो । योसँगै लगातार चिनियाँ एपमाथि प्रतिबन्ध लाग्ने तयारी सुरु भएका छन् । अमेरिकामा पनि टिकटकलगायतका अन्य चिनियाँ एप माथि प्रतिबन्ध लगाउँने तयारी गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक सहित चिनियाँ एपहरुमा अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भईरहको बताए । उनले फक्स नयुजसँगको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् । उनले भने, ‘अमेरिकी सांसदहरूले प्रयोगकर्ताको डाटा ह्यान्डिलिङ गर्ने टिकटकको मोडलले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आवाज उठाउँदै आएका छन्। त्यसैले, हामी टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका छौं ।’

Advertisement

More News last news
Loading...