इजिप्टकी एक हाई प्रोफाइल बेली डान्सर सामा एल-मैसीलाई सोसल मिडियामा अनैतिक र उत्तेजित भिडियो पोस्ट गरेको भन्दै जेल सजाय तोकिएको छ। काहिरलाई अदालतले उनीमाथि मानिसहरुलाई दुर्व्यवहार र अनैतिकताका लागि उक्साएको आरोपमा तीन वर्षको जेल सजाय र १८ हजार ६ सय डलर ९२२ लाख रुपैयाँ० जरिवाना तोकेको छ।
अल-मैसीलाई अप्रिलमा सोसल मिडियामा भिडियो र तस्बिरको अनुसन्धानको क्रममा पक्राउ गरिएको थियो । उनले आफ्नो भिडियो लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा सेयर गरेकी थिइन् जसमा उनीमाथि सार्वजनिक रुपमा मानिसहरुलाई उत्तेजना बढाएको आरोप लगाइएको थियो।
यस्तै ४२ वर्षे बेली डान्सरले यी आरोप अस्विकार गर्दै आफूलाई निर्दोष बताइन्। उनले उक्त भिडियो आफ्नो फोनबाट चोरिएको र उनको सहमति बिना नै साझा गरिएको बताइन्।
काहिरालाई अदालतले शनिबार निर्णय सुनाउँदै उनले ‘अनैतिकता’ फैलाउने उद्देश्यले सोसल मिडियामा भिडियो सेयर गरेको र उनले इजिप्टको परिवारको सिद्धान्त र मूल्यको उल्लंघन गरेको ठहर गर्यो।
यस्तै अदालतको निर्णयबारे एक सांसद जोन तलाटले भने, ‘स्वतन्त्रता र भ्रामकताबीच निकै ठूलो अन्तर छ। एल-मैसी र अन्य महिला सोसल मिडियामा भिडियो राखेर पारिवारिक मूल्यलाई बर्बाद गरिरहेकी थिइन् जुन संविधानको विरुद्ध हो ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
