खेमराज अधिकारी/थप्रेक, तनहुँ । आफ्नै नेता मदन भण्डारी र जिवराज आश्रीतको हत्यारा नखोज्नेले निर्मलाको हत्यारा किन खोज्थे। सिमाना मिचिंदा कुटनैतिक पहल गर्न नसक्नेले राष्ट्रिय एकता कायम गर्न के सक्थे र ।
कम्युनिस्ट साम्यवाद अन्तिम लक्ष्य राख्नेले लोकतान्त्रिक वयवस्थाको किन सस्थागत विकास गर्थे । संंस्थागत अपराध र भ्रष्टाचार गरेर बेइमानी तरिकाले नव सामन्ती धनाढ्य हुनेहरुले किन लोकतान्त्रिक शुसासन कायम गर्थे । लोकतान्त्रिक विधि र पद्धतिमा नचल्नेहरुले अरुलाई लोकतान्त्रिक व्यवस्थाको पाठ सिकाउने नैतिकता किन राख्थे ।

राष्ट्रियतालाई शिरमा राखी राष्ट्रिय एकता कायम गरि परराष्ट्र नीतिमा राष्ट्रिय एकता कायम गर्न नसक्नेले के को सिमा सुरक्षा गर्न सक्थे र । राजनीतिको नाममा अपाराध एवं भ्रष्टाचार जन्य कामको ढाकछोप गर्नेले के को स्वतन्त्र न्याय र मानवता बचाउन सक्थे र।
अपराध र भ्रस्टाचार लाई राजनितिकरण गर्नेले के को लोकतान्त्रिक शुसासन कायम गरि आम नागरिकलाई लोकतन्त्रको महसुस दिन्थे ।
सत्ताका लागि हिंसा, हत्या मच्चाउनेले किन लोकतन्त्रको सस्थागत विकास गर्थे । गरिवको नाम बेचेर नव सामन्ती धनाढ्य हुन पलकेकाले किन शिक्षा स्वस्थ्य र रोजगारी मा आम नागरिकको पहुँच हुने कार्यक्रम दिन्थे र।
त्यसैले राजनितिको नाममा हुने सबै खाले अपराध जन्य काम र भ्रष्टाचार अनि सबैखाले भ्रष्ट्राचार र अपराधलाई राजनितिकरण गर्ने अलोकतान्त्रिक निरंकुश मण्डले राजलाई जवसम्म आम नागरिक खुल्ला रुपमा विरोध गर्न सक्दैनन् तबसम्म देश र जनताले न्याय र स्वतन्त्रता पाउने छैनन्।
यो कुरा नेपाली राजनितिमा सबै रजनितिक दलमा देखिन्छ धेरै थोरै सबैले आफ्नो गल्ती बाट सचिनुपर्छ र लोकतान्त्रिक पद्धति बाट समस्याको समाधान गरिनुपर्छ।
अन्तमा आज नेकपा का तत्कालीन नेता मदन भण्डारी र जिवराज आश्रीत मारिएको भनिएको दिन उहाँहरु प्रति भावपुर्ण श्रद्धाञ्जली छ। नेकपाकै बलियो सरकार भएको बेला दुर्घटना वा हत्या के हो ?
वास्तविक छानवीन गरि कानुनी दायरामा ल्याइयोस् अपराध गर्नेलाई । साथै सबै खाले अपराध र भ्रष्टाचार जन्य काम गर्नेलाई कानुनी दायरामा ल्याउने हिम्मत गरोस यो लोकतान्त्रिक गणतन्त्र पछिको बलियो कम्युनिस्ट सरकारले।
नेपाली राजनीतिमा सेटिङगमा लुटिखाने नेता कार्यकर्ताको धन्दा तुरुन्त बन्द गर ।
(नेता अधिकारी नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सदस्य तथा साविक थप्रेक गाविस उपाध्यक्ष)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
