लण्डनमा नेपाली युवतीको कोरोनाबाट मृत्यु भएको पुष्टी

लन्डन । शनिबार लण्डनमा ज्यान गएकी पुष्पा घलेको मृत्यु कोरोना संक्रमणबाट भएको परिवारले पुष्टी गरेको छ ।

यसअघि पुष्पा घलेको मृत्यु ‘कोभिड १९’ बाट भएको समाचार प्रकाशित भएपछि उनको परिवारले आपत्ति जनाउँदै पुष्पाको मृत्यु ह्दयघातबाट भएको दाबी गरेको थियो । तर बिहीबार परिवारले उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गरेको हो ।

Advertisement

पोखरा घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय पुष्पा घले एक केयर होममा काम गर्दै आएकी थिइन् ।

स्वर्गीय घले श्रीमान र छोरासँगै लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । उनको श्रीमान पनि कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका थिए र अहिले डिस्चार्ज भएका छन् । उनका छोरा जम्म ९ महिनाका छन् ।

More News last news
Loading...