६ औं लेखनाथ महोत्सव पुस ३ देखि हुने

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनाको संयुक्त आयोजनामा पोखरा–२७, तालचोक डाँडाकोनाकमा १६ औं लेखनाथ महोत्सव–२०७६ तयारी गरिएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरी ३–१५ पुससम्म हुने महोत्सवको आवश्यक तयारी तीव्र पारिएको जनाएको छ ।

Advertisement

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि” भन्ने मूलनाराका साथ हुने महोत्सवले औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, कलासंस्कृति, रीतिरिवाजको जगेर्ना सहित पर्यटन प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष–२०२० लाई सफल बनाउने उद्देश्य राखेको छ ।

महोत्सव मुख्य आकर्षणमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, गण्डकी तारा प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य, झाँकी¥याली तथा भेषभूषा प्रदर्शन, लाइभ म्युजिक कन्सर्ट, कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी, फुड फेस्टिबल लगायत छन् ।

यस्तै, कविशिरोमणि लेखनाथ पौड्यालको सम्मानमा माविस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता, राष्ट्रियस्तरको कविता प्रतियोगिता महोत्सवको २ दिनअघि सुरु हुनेछ ।

महोत्सवमा कुल ३ सय ३६ स्टल रहनेछन् । तीमध्ये ६० प्रतिशत स्टल बुक भइसकेको जनाइएको छ । महोत्सवमा १५ करोड रुपैयाँसम्म कारोबार हुने, १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ २० लाख बचत गर्ने आयोजकको अनुमान छ ।

बचत रकम प्रदर्शनीस्थलको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने छ । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ ।

एडभान्स ग्रुपको एड्भान्स सिमेन्टको मुख्य प्रायोजन रहेको महोत्सवको लागि विभिन्न उपसमिति गठन गरिएको प्रचार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघ उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।

More News last news
Loading...