सीमा अतिक्रमण विषयमा ओलीको खोक्रो राष्ट्रवादमात्र: डा. भट्टराई

पोखरा । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सीमा अतिक्रमण विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद शिवाय अन्य केही नभएको टिप्पणी गरेका छन् ।

समाजवादी पार्टीको चुनावी सभालाई पोखरामा आइतबार सम्बोधन गर्दै डा भट्टराईले त्यसबेलाका महेन्द्रदेखि अहिले केपी ओलीले भित्रभित्र विदेशी शक्तिसँग मिलेर देशको भूमि सुम्पिने काम गरेको समेत लगाए ।

Advertisement

उनले भने, ‘लाछी बाहुनले आफ्नो घरमा आएर ढाल ढकाएजस्तो, बाहिर राष्ट्र ठूलो डंका पिट्ने र भित्रभित्र भने सत्ताको डरले लत्रक्क पर्ने चरित्र ओलीमा रहेको छ । ओलीको नक्कली राष्ट्रवादबाट कहिले मुक्ति हुने ?’

उनले उपनिर्वाचनबारे धारणा राख्दै यो देशमा नेकपा र काँग्रेस फेल भइसकेको र तिनीहरुको विकल्प समाजवादी पार्टीमात्र भएको दाबी गरे । उनले भने, ‘सरकार भ्रष्टाचार, कमिसनखोर, अपराधी संरक्षणमा लिप्त छ, यस्तो अवस्थामा देशको समृद्धि कसरी हुन्छ ?’

उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकार र सदनमा संघर्ष गरिरहेको बताए । उनले संघीयताको अधिकार दिलाउन सडकबाट समेत आन्दोलनको चेतावनी दिए । उनले भने, ‘हाम्रो शत्रु भनेको नेकपा र काँग्रेस नै हो । यिनीहरुबाट समृद्धि हुँदैन ।’ विभेद, असमानता, आर्थिक पछौटेपन नहटेसम्म संघर्ष जारी रहने उनले यादवले बताए ।

समाजवादी पार्टीका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकलाई कमिसनखोर र अपराधीको संरक्षणमा सरकार लागेको आरोप लगाए ।

समाजवादी पार्टीका कास्की २ का उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङले आफूले भाषणभन्दा काममा विश्वास गर्ने बताए । उनले उपनिर्वाचनमा आफूलाई मत दिलाई जिताउन मतदातासमक्ष आग्रह गरे ।

More News last news
Loading...