स्याङजामा एकीकृत साक्षरता कार्यक्रमको अनुगमन

स्याङ्जा । सूर्योदय क्लव स्याङ्जाको ब्यवस्थापन, पढ्नका लागि कोठाको प्राविधिक सहयोग तथा रूम टु रिडको आर्थिक सहयोगमा संचालित एकीकृत साक्षरता कार्यक्रमको जिल्ला स्तरिय अनुगमन सम्पन्न भएको छ ।

स्याङ्जा जिल्लाका ५ नगरपालिका र ५ गाउँ पालिकाका ५५ वटा सामुदायिक विद्यालयहरूमा सन २०१८ देखि यो कार्यक्रम संचालन भएको छ । कक्षा १ र २ का कक्षा कोठाको वसाई ब्यवस्थापन, भाषा शिक्षकहरूलाई तालिम, पुस्तकालय ब्यवस्थापन लगायतका क्षेत्रमा सहयोग गरेको छ । पढन र लेखन सिपमा बृद्दि गरि विद्यार्थीलाई स्वतन्त्र पाठक बनाउने कार्यक्रमको मुल उद्देश्य रहेको तथा यश कार्यक्रम अन्तरगत कक्षा १ देखि कक्षा ५ सम्मका ३९७१ वालवालिका प्रत्यक्ष लाभान्वित भएका सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।

Advertisement

कालिगण्डकी गाउँपालिका ६ स्थीत ध्रुवज्योति मावि दप्छेका प्रधान अध्यापक हिराबहादुर गाहा मगरले साक्षरता कार्यक्रम लागू भए पछि विद्यार्थीको पढन तथा लेखन क्षमतामा धेरै सुधार भएको अनुभव सुनाए । यो कार्यक्रम लागू भएका विद्यालयहरूमा कक्षा १ र २ का विद्यार्थीहरूमा नेपाली भाषा पढन र लेखन सीप को स्तर प्रशंसनीय रहेको तथा पुस्तक अध्ययनको दर उच्च रहेकोमा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख गुरु प्रसाद पौडेलले खुसी ब्यक्त गरे ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा प्रशासकिय अधिकृत उज्जवल वस्नेत, जिल्ला समन्वय समिति अधिकृत गोपिकृष्ण अर्याल, पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख दयाराम गौतम, कालिगण्डकी गाउपालिका अध्यक्ष खिम थापा, पत्रकार महासंघ उपाध्यक्ष भवानी शर्मा, गैरसरकारी संस्था महासंघ स्याङ्जाका उपाध्यक्ष गोविन्द शर्माको सहभागीता रहेको थियो । विद्यालयका कक्षामा पढाइ गतिविधि र पुस्तकालयमा अवलोकन गरि सुझावहरू प्रदान गरिएको थियो ।

More News last news
Loading...