भारतले नेपाली भूभाग मिचेको बिरोधमा नेबिसंघ तनहुँले गर्‍यो हस्ताक्षर संकलन 

काठमाडौं । छिमेकी राष्ट्र भारतले मिचेको नेपाली भूमीको बिरोधमा नेपाल विद्यार्थी संघ तनहुँले हस्ताक्षर संकलन गरेको छ । देशैभर बिरोध सभा गरिरहेको प्रमुख प्रतिपक्ष दलको भातृ संगठन नेबिसंघले आज बिरोध र्‍यालीसहित हस्ताक्षर संकलन गरेको हो ।

आदिकवी भनुभक्त क्याम्पसबाट शुरु भएको बिरोध र्‍याली दमौली बजारमा पुगी नेपाली भूमी फिर्ताका लागि हस्ताक्षर संकलन गरि जिल्ला प्रसासन कार्यालयमा ज्ञापन पत्र सहित  बुझाईएको संघका जिल्ला अध्यक्ष चुणामणी खनालले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति एवं ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नेपाली भूभाग फिर्ता गर्नका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर शशक्त रुपमा कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।

Advertisement

अहिले नबोले कहिले बोल्ने, हामी नबोले को बोल्ने, हाम्रा पुर्बजले पानी पनि नखाई जोगाएर राखेको भुभाग हामीले, हाम्रो भाबी पुस्ताले हामी वीर गोर्खालीको सन्तानले जसरी पनि फिर्ता गराउनु छ भन्दै नेबिसंघले चर्को नारा लगाएको थिए । यसअघि पनि नेपाल बिद्यार्थी संघ तनहुँले आफ्नो भूभाग फिर्ता गराउन बिभिन्न संघर्षका कार्यक्रम गरेको थियो र भारत सरकार पछाडी नहट्दासम्म संघर्षका कार्यक्रम जारी राख्ने सभापति खनालले बताए ।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमी कालापानी र लिपुलेक राखेपछि नेपालमा आन्दोलन चर्किएको हो ।

More News last news
Loading...