भारतीय कदमप्रति बिरोध गर्दै स्याङ्जामा नेबिसंघ र तरुण दल सडकमा

कुमार बाबु हितंगा/स्याङ्जा । भारतले अतिक्रमण गरेको नेपाली भू–भाग तत्काल फिर्ता गर्न माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका भातृ संगठनहरु सडकमा ओर्लेका छन् ।

राजधानी सहित देशका बिभिन्न स्थानमा प्रदर्शन चर्किरहेका बेला स्याङ्जामा पनि काँग्रेसका प्रमुख भातृ संगठन नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दलले बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले स्याङ्जा सदरमुकामका विरोध प्रदर्शन, बिरोध ¥याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र लगायतका दबाबमुलक कार्यक्रमहरु सञ्चालन गर्दै नेपाली भू–भाग तत्काल फिर्ता गर्न माग गरेका हुन ।

Advertisement

तरुण दलले निकालेको बिरोध प्रदर्शनमा भारतीय विस्तारवाद मूर्दावाद, छिमेकी बलमिच्चाई मूर्दावाद, छिमेकी मित्रता कायम गर, भारतीय दलाल मूर्दावाद, नेपाल तरुण दल जिन्दावाद लगायतका नारा लगाउँदै अभियानपथ, चौकी, वीपी चोक, हुलाकमार्ग, रेडियोचोकहुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध सभामा नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति कुमार राना, प्रदेश सभा सदस्य भगवतप्रकाश मल्ल, महासमिति सदस्य हिरादेवी शर्मा, तरुण दलका उपाध्यक्ष रविन केसी, सचिव चन्द्र राना, नेपाल विद्यार्थीं संघका अध्यक्ष अजित क्षेत्री लगायतले भारतीय नक्सामा देखाइएको नक्सा अमान्य घोषित गर्न पहिला कुटनीतिक पहल र त्यसपछि अन्र्तराष्ट्रिय अदालतसम्म जान सरकारलाई सुझाव दिए ।

यसैबीच नेपाल बिद्यार्थी संघ स्याङ्जाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार ज्ञापनपत्र पठाएका छन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ् मार्फत यहाँका बिद्यार्थीहरुले नेपाली भूमि भारतले आफनो नक्शामा उल्लेख गरेकोप्रति बिरोध जनाउदै तत्काल नक्सा सच्चाउनु पर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन । ‘आधुनिक नेपाल निर्माणका लागि हजारौं नेपाली वीरपूर्खाहरुको योगदान, बहादुरी, सुझवुझ, अठोट सहितको राष्ट्रप्रेम विश्वको उदाहरणीय छ ।

गौरवशाली इतिहास बोकेको नेपालका बिभिन्न सीमा शक्तिशाली राष्ट्र भारत र चीनसंग जोडिएको हामी सबैलाई सर्वविदितै छ । नेपाल भूमिको संरक्षण गर्नु नेपाल सरकारको प्रमुख दायित्व हो’ ज्ञापन पत्रमा उल्लेख छ । नेपाल बिद्यार्थी संघ स्याङ्जा जिल्ला अध्यक्ष अजित क्षेत्रीद्धारा हस्ताक्षरित पत्रमा पछिल्लो पटक कालापानी, लिम्पुयाधारा र लिपुलेक भारतीय नक्सामा देखाइएको छ जुन हामी नेपालीलाई गम्भीर आपत्तीको बिषय बनेको उल्लेख छ ।

More News last news
Loading...