सामाजिक सञ्जालमा फेक न्यूज फैलाउन वा झुटो विज्ञापन दिन चाहनुहुन्छ? त्यस्तो चाहना छ भने राजनीतिक नेता बन्न यी अमेरिकी अभियानकर्ता सुझाव दिन्छन्।
सान फ्रान्सिस्कोका एड्रिएल ह्याम्प्टन फेसबुकको राजनीतिक विज्ञापन नीतिलाई चुनौती दिन खोज्दैछन्।
अन्य विज्ञापन दिँदा तिनमा भएको विवरण तथ्यपरक भए वा नभएको जाँच गरिने भए पनि राजनीतिक अभियानका विज्ञापनमा फेसबुकले त्यसो गर्दैन।
त्यसैले उनी नक्कली अभियान चलाएर त्यही नीतिलाई चुनौती दिने योजनामा छन्। उनी त्यसका लागि निर्वाचनमा सहभागी हुँदैछन्।
सन् २०२२ मा गभर्नर पदका लागि हुने निर्वाचनमा उनले क्यालिफोर्निया राज्यबाट उम्मेदवारी दर्ता गराएका छन्।
“यो अभियानको उत्पत्ति सामाजिक सञ्जाल नियमावलीका कारण भएको हो,” उनले सीएनएन बिज्नसलाई भने, “यसको उद्देश्य तथ्यको जाँचबाट कसैले पनि छुटकारा नपाऊन् भन्ने हो। विशेषत: डोनल्ड ट्रम्पजस्ता नेताले जो ढाँट्न रुचाउँछन्।”
तर फेसबुक यी अभियानकर्तालाई मिथ्या सूचना फैलाएर उम्किन दिन तयार छैन।
प्रत्युत्तर
ह्याम्प्टन द रीअली अन्लाइन लेफ्टी लीगका सदस्य हुन्। उक्त समूहले आफूलाई ९९ प्रतिशत सर्वसाधारणका लागि “डिजिटल फर्स्ट राजनीतिक समिति” का रूपमा चिनाएको छ।
उसले आफ्नो उद्देश्य पैसाको आडमा अन्लाइन गतिविधिद्वारा परम्परावादी राजनीतिक दलहरूले आर्जन गरेको शक्तिलाई चुनौती दिनु रहेको बताएको छ।
“रुसको इन्टरनेट रिसर्च एजेन्सीदेखि ट्रम्पसम्मले डिजिटल ज्ञान भएकाहरू व्यक्तिमाथि गर्ने विश्वासले के देखाउँछ भने अन्लाइन सञ्चारमाध्यममा रूढीवादीहरू र अराजकता चाहनेहरूले प्रभुत्व जमाउँछन्। हामी त्यसविरुद्ध लडिरहेका छौँ,” उनको वेबसाइटमा उल्लेख छ।
यो महत्त्वपूर्ण सङ्घर्ष हुने उनको आकलन छ।
“मेरो विचारमा सामाजिक सञ्जाल निकै शक्तिशाली छ। फेसबुकसँग निर्वाचन सार्न सक्नेसम्मको शक्ति छ भन्ने मलाई लाग्छ,” उनले सीएनएनलाई भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
