विरगञ्ज। विरगञ्ज महानगरपालिका अन्तरगत रहेको कार्यालय वारुण यन्त्र शाखामा कार्यरत बुनिलाल चौरसियाको निर्मम हत्या भएको छ।
गत बिहीबार साँझ बाट बेपत्ता रहेका उनको शनिवार शव भेटिएको छ। उनको शव माइधीया पोखरीको डिलमा फालिएको अवस्थामा फेला परेका हो।
नारायणी अस्पतालमा पोष्टमार्टम गरिएको थियो। चिकित्सकका अनुसार टाउको र छातिमा २-२ र नाइटोमा १ गरी पाँच गोली लागेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनको शव कपडामा बेरेर माथिबाट प्लास्टिकले छोपेर पुन माथिबाट निलो कलरको तन्नाले बाँधेर फालिएको अवस्थामा भेटिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
